रुपन्देही : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
४० वर्षीया कमला सेन खड्काको हत्या गरेको आरोपमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विषय विवाद हुँदा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले रुद्र बहादुरलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij