Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने रामकृष्ण पक्राउ

यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने रामकृष्ण पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

रामकृष्णले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान तथा कारहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij