Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु

धनकुटा : धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ ।जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहिवार राती करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिले तर्फ जांदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ बर्षिया शुक्र बहादुर तामांग र सहचालक सिरहाको लाहान ५ का २४ बर्षिया प्रमोद मल्लिक रहेका छन् ।सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामांगलाई जिल्ला अस्पताल पुराउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको साथै ३ सुंगुर जीवितै रहेको छ भने शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij