Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौं : काठमाडौंको ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ की ११ वर्षीया अनुसा तामाङको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लगिएको थियो।

त्यहीँ बालिकाको मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij