Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पाख्रिबासमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

पाख्रिबासमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा : धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा गए राति करिब ९ बजेको समयमा को १ ज २६३९ नम्बरको पिकअप दुर्घटनाम परेको हो ।

तीन वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा उक्त भ्यान सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक पाख्रिबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्र बहादुर तामाङ तथा सह–चालक सिरहाको लाहान–५ का २४ वर्षीय प्रमोद मल्लिक रहेका छन् ।

सह–चालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको साथै तीन सुँगुर जिवितै छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij