Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दुर्गा प्रसाईं र हरिचन्द्र फुयाल धरौटीमा रिहा

दुर्गा प्रसाईं र हरिचन्द्र फुयाल धरौटीमा रिहा

काठमाडौँ : झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् । प्रसाईंसहित तीनजना विरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij