काठमाडौं : काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।बिहीबार थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंसहित तीनजनाविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोगपत्र दर्ता गरेको थियो ।प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रसाईले धम्काएको आरोप थियो । प्रसाईविरुद्ध नेपाल राष्ट्र बैंकका साथै व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले उजुरी दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij