Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सूर्यदर्शन सहकारी ठगी प्रकरण: तीनजना धरौटी बुझाएर छुटे

सूर्यदर्शन सहकारी ठगी प्रकरण: तीनजना धरौटी बुझाएर छुटे

पोखरा : पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो । स्राेतका अनुसार तीनै जनाले धराैटी बुझाएर छुटेका छन् । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij