Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रवि लामिछाने रिहा भएलगत्तै पक्राउ गर्ने तयारी, काठमाण्डु ल्याइने

रवि लामिछाने रिहा भएलगत्तै पक्राउ गर्ने तयारी, काठमाण्डु ल्याइने

काठमाण्डू : पोखराको सूर्य दर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरी उच्च श्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गरी काठमाण्डु ल्याउने तयारी छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुले लामिछानेलाई पक्राउ गरी काठमाण्डु पठाइदिन बिहीबार पत्र लेखेको छ ।‘रवि लामिछाने जिल्ला अदालतको आदेशमा छुटिजाने भएमा पक्राउ गरी बुझाइदिनुहुन’, भन्ने व्यवहोराको पत्र पठाइएको काठमाण्डु परिसरका एक अधिकृतले जानकारी दिए ।

कास्की जिल्ला अदालतका न्यायाधिश निजित राईको इजलासले लामिछानेलाई सूर्य दर्शन सहकारीको रकम अपचलन प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न बिहीबार मात्र आदेश दिएको हो ।

अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारको माग भने अस्वीकार गरेको छ ।

लामिछानेविरुद्ध काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको कसुरमा अर्को मुद्धा दर्ता भइसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गत आइतबार काठमाण्डु जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।३९ जनाबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij