कैलाली : बुधबार भन्सार छली गरेर धनगढी आएको यूपी २५ एफटी ०९३८ नम्बरको मिनी ट्रक सशस्त्र प्रहरीले सहिद गेट नजिकबाट समात्यो ।त्रिनगरस्थित भन्सार कार्यालयको उत्तर तिरको सशस्त्र प्रहरी, मिलचोकमा रहेको प्रहरी तथा चौराह क्षेत्रमा रहेको नेपाल प्रहरीको सुरक्षा छल्दै सो गाडी सहिद गेट नजिक पुगेको थियो ।
साथै सो गाडीलाई कैलाली भन्सारले पनि छोडेको थियो । तर सशस्त्र प्रहरीले १५ लाख १९ हजार चार सय मुल्यको फलफूलसहितको ट्रक सहिद गेट नजिकबाट नियन्त्रणमा लिएको हो ।सो मिनी ट्रकलाई भन्सार कार्यालयले पनि छोडेपछि आशंका उत्पन्न भएको छ । सो गाडीसहितको सामान नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले कैलाली भन्सार कार्यालयमा पठाएको थियो ।
तर सो मिनी ट्रक भन्सारले बुझ्न आनाकानी गरेको थियो । तर अन्ततः बुधवार साँझ कैलाली भन्सार कार्यालय, धनगढीले गाडीसहितको सामान बुझेको छ । १५ लाख १९ हजार बिगोसहित भारतीय गाडी भन्सार बुझाएको सशस्त्र प्रहरी, कैलालीले जनाएको छ ।भारतीय फलफूल व्यापारीले मिनी ट्रकमा अङ्गुर, अनार र अम्बा भन्सार नतिरेर धनगढी पुर्याएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij