Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कास्की अदालतमा रविसहितका प्रतिवादीहरुको बयान सकियो

कास्की अदालतमा रविसहितका प्रतिवादीहरुको बयान सकियो

पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ ।रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले बतायो ।

आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि (बिहीबार) मात्र हुनेछ। बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्रसाथ उपस्थित गराइएको छ।विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij