Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दाङ : दाङ जिल्लाको तुल्सीपुरबाट नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने गौरव वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय लीला बहादुर वली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij