Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

एकैदिन तोलामा १५ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

एकैदिन तोलामा १५ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij