Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट

प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले ठुलो परिमाणमा मदिरा जन्य पदार्थ नष्ट गरेको छ। टोलीले मदिरा उत्पादनमा प्रयोग गरिने सामानसमेत बरामद गरेको छ ।

प्रहरी टोलीले गौर नगरपालिका ५ स्थित अवैध रूपमा सञ्चालित ३ वटा रक्सी भट्टीमा शनिवार छापा मारी ७ सय लिटर तयारी मदिरा र २८ सय लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए।

सो क्रममा मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान, ग्यास चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद गरिएको छ । बरामद मदिराजन्य सामान स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij