Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मोरङ कारागारमा एक कैदीको मृत्यु

मोरङ कारागारमा एक कैदीको मृत्यु

मोरङ : जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एकजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राई रहेका छन् ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार हाडनाता करणी कसूरमा दोषी ठहर भएका राईको शनिबार दिउँसो ३ः५० बजेतिर उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दामा २०७३ माघ ९ गते १४ वर्ष कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij