Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बागमती होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला

बागमती होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला

काठमाडौं : काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन ।

सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनी मृत फेला परे पछि सँगै बसेका देबबहादुरको खोजी प्रहरीले गरिरहेको थियो ।

तर, थापा भने शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij