Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवन बस्ने ४६ वर्षीय कृष्ण बहादुर ढकाल रहेका छन्।

उनले दुई जना युवतीलाई क्यानडा पठाइदिने भनेर ४ लाख रुपैयाँ लिएर फरार भएका थिए।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए।

पीडितको उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई रानीवनबाट पक्राउ गरेका हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij