Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बसले किच्दा ड्युटीमा खटिएका सशस्त्रका इन्स्पेक्टरको मृत्यु

बसले किच्दा ड्युटीमा खटिएका सशस्त्रका इन्स्पेक्टरको मृत्यु

सर्लाही : सर्लाहीमा यात्रुबहाक बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो ।

बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा उक्त हताहत भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो । मृतक तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

बसका सहचालक र अन्य सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij