Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

भूमि सम्बन्धी समस्या बुझ्न मधेश पुगिन् मन्त्री रावल

भूमि सम्बन्धी समस्या बुझ्न मधेश पुगिन् मन्त्री रावल

काठमाडाैं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किएकी छन्। आजदेखि मधेशका भूमिसम्बन्धी समस्या बुझ्नको लागि मधेश पुगेकी हुन्।मन्त्री रावललाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरे। मधेशमा भूमि सम्बन्धी समस्या बुझ्न र समाधानको पहल आज जनकपुर पुगेको मन्त्री रावलको सचिवालयले जनाएको छ।

मन्त्री रावलले सप्तरी, धनुषा र सिरहामा जनतासँग भेटेर भूमि समस्याबारे छलफल गर्नेछिन्।भ्रमणका क्रममा मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवास तथा अन्य समस्याबारे जानकारी लिने र भूमिहीन, सुकुम्वासी तथा दलित समुदायको स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि तय भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट