काठमाडौँ : भारतको विहारमा यतिबेला एक बाहुबली विधायककी छोरीको भव्य र खर्चिलो विवाहले चर्चा बटुलेको छ। सामाजिक सञ्जालमा अहिले विवाहका तस्बिर तथा भिडियोहरू भाइरल भइरहेका छन्।बुधबार विवाहसँगै घोडदौड कार्यक्रम पनि राखिएको थियो। तर, विवाहका कारण १० किलोमिटरभन्दा लामो ट्राफिक जाम निम्तिएपछि दौडलाई बिहीबारका लागि सारियो।भारतीय सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा ५ लाख मानिस विवाह भोजमा ओइरिएपछि गाउँमा विशाल मेला लागेजस्तो भएको थियो। यद्यपि, विवाहमा सहभागी भएकाहरूको संख्याको स्वतन्त्र पुष्टि भने भएको छैन।
भारतीय समाचार एजेन्सी आइएएनएसका अनुसार बिहीबार घोडा दौड हेर्न पनि ठूलो संख्यामा मानिसहरु आएका थिए । विहार, उत्तर प्रदेशलगायत राज्यबाट झन्डै २० वटा घोडाले यसमा प्रतिस्पर्धा गरे। विजेतालाई 'महेन्द्रा थार' गाडी पुरस्कार राखिएको थियो । मोकामा क्षेत्रबाट पाँच पटक विधायक बनिसकेका अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह बुधबार पटनाबाट करिब ६५ किलोमिटर टाढाको पुर्ख्यौली गाउँ नदावामा धुमधामका साथ सम्पन्न भएको थियो। अनन्त सिंह स्थानीय स्तरमा ‘छोटे सरकार’ र ‘बाहुबली’ उपनामले चिनिन्छन्।‘सिंगो भारत र पाकिस्तानबाट समेत पाहुना बोलाएको छु,’ अनन्त सिंहले विवाह समारोहअघि भनेका थिए, ‘टिकट काट्नका लागि यो कुनै सिनेमा होइन। सबैलाई खुला स्वागत छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij