Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

अमेरिकामा शक्तिशाली आँधीको वितण्डा, ९ लाखभन्दा बढी घरधुरीमा विद्युत् अवरुद्ध

अमेरिकामा शक्तिशाली आँधीको वितण्डा, ९ लाखभन्दा बढी घरधुरीमा विद्युत् अवरुद्ध

अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ । भारी वर्षा, तीव्र हावाहुरी, बाढी र हिमपातका कारण ९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् भने सडक तथा पुलहरू बन्द भएका छन् ।

मिसौरीदेखि म्यासाचुसेट्ससम्म फैलिएको आँधीले मध्य–एटलान्टिक तटीय क्षेत्रमा पानीको सतह ऐतिहासिक उचाइमा पुर्‍याएको छ । मिडवेस्टका केही क्षेत्रमा हिमपात भएको छ भने आँधी दक्षिणतर्फ सरेको छ ।

वाशिङटन डीसी, मेरिल्यान्डलगायतका क्षेत्रमा रूखहरू घर र गाडीमाथि खस्दा क्षति पुगेको छ । उद्धारकर्मीहरूले बाढीमा फसेका चालकहरूको उद्धार गर्नुका साथै केही बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ । न्यु जर्सीका सडकहरू जलमग्न हुँदा सवारीसाधन चलाउन कठिन भएको छ । न्युयोर्कमा तीव्र हावाले पैदल यात्रीहरूलाई समेत प्रभावित बनाएको छ ।

आँधीका कारण अमेरिकाको व्यस्त थ्याङ्क्सगिभिङ यात्राको समयमा हवाई सेवा पनि प्रभावित भएको छ । सयौँ उडान रद्द तथा ढिलाइ भएका छन् ।

मौसम प्रतिकूल भएपछि न्युयोर्कमा आयोजना हुने प्रसिद्ध म्यासीज थ्याङ्क्सगिभिङ डे परेड इतिहासमै पहिलोपटक स्थगित गरिएको छ । बिहीबार आयोजना हुनुपर्ने परेड अब शनिबार हुने भएको छ ।
आँधीले थ्याङ्क्सगिभिङको तयारी, पारिवारिक भेटघाट र यात्रामा अवरोध पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट