काठमाडौँ : इनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले इनम सहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो।
इनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। इनमविरुद्ध प्रहरीले राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
अरू दुई जना विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि इनम पक्राउ परेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij