Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

नास्टका कर्मचारी आन्दोलित, अध्यादेश खारेजीसँगै मन्त्री महावीर पुनको राजीनामा माग

नास्टका कर्मचारी आन्दोलित, अध्यादेश खारेजीसँगै मन्त्री महावीर पुनको राजीनामा माग

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।शुक्रबार प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै कर्मचारीहरूले आफ्ना सुझाव बेवास्ता गरिएको र वैज्ञानिक तथा कर्मचारीमैत्री व्यवस्था नगरिएको भन्दै अध्यादेश र नियमावलीको विरोध गरेका हुन् । उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिएर तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए । उनले सुधारका नाममा विद्यमान संस्था कमजोर बनाउने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्तिलाई पलायन गराउने कदम स्वीकार्य नहुने चेतावनी दिए ।

अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको मार्ग निर्धारण गर्ने भएकाले सरोकारवालाको सहभागितामा नीति निर्माण गरिनुपर्ने उनको भनाइ छ ।कँडेलले अध्यादेश र नियमावली तत्काल खारेज गर्न माग गरे । उनले अध्यादेश र नियमावलीका नाममा मनोमानी गर्ने तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने काम बन्द गर्नुपर्ने बताए ।कर्मचारीहरूले संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप बन्द गर्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन तथा खुला विज्ञापन र प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन गर्न माग गरेका छन् ।

त्यस्तै, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न, कर्मचारीलाई थर्काउने, धम्क्याउने र मनोबल गिराउने काम बन्द गरी विश्वासमा लिन उनीहरूले आग्रह गरेका छन् ।देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य नपारी स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिनुपर्ने, विद्यमान संरचना ध्वस्त पार्नुको सट्टा सुदृढ गर्नुपर्ने र नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका प्रयोगशाला सबल बनाउँदै अनुसन्धान बजेट बढाउनुपर्ने उनीहरूको माग छ ।कर्मचारीहरूले संस्थाको स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिकहरूले कुनै दबाबबिना अनुसन्धान गर्न सक्ने वातावरण सिर्जना गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट