काठमाडौं : आन्तरिक राजश्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिएको छ । विभागको बुधवारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखाका निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क सम्पर्क व्यक्ति तोकिएको हो ।मन्त्रिपरिषद्ले २०८३ असार १८ गते स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ मा संघ, प्रदेश र स्थानीय तहका प्रत्येक निकायले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनका लागि सम्पर्क बिन्दु तथा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।
सोहीअनुसार विभागले नेपाललाई पाँचवटा मुख्य जिम्मेवारी दिएको छ । जसअनुसार कर्मचारीलाई सत्यनिष्ठा तथा व्यवसायीलाई व्यावसायिक सदाचारका नियमबारे शिक्षा दिने र सदाचार प्रवद्र्धनसम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।त्यस्तै, सदाचार र भ्रष्टाचार नियन्त्रणसम्बन्धी गतिविधि तथा देखिएका समस्या समेटेर चौमासिक प्रतिवेदन तयार गरी महानिर्देशकसमक्ष पेश गर्ने र विभागको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
विभाग तथा मातहतका कार्यालयमा सदाचारसम्बन्धी जोखिम पहिचान भए महानिर्देशकलाई जानकारी गराउनुका साथै त्यसलाई प्रतिवेदनमा समेटेर राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पेश गर्नुपर्नेछ ।यसैगरी, कर्मचारीको सदाचारितासम्बन्धी गुनासो सुनुवाई तथा सम्बोधनमा सहजीकरण गर्ने र संस्थागत सदाचार सूचकांक (इन्स्टिच्युसनल इन्टेग्रिटी इन्डेक्स) विकास गरी त्यसका आधारमा विभाग तथा मातहतका कार्यालयहरूको मूल्यांकन समन्वय गर्ने जिम्मेवारी पनि नेपाललाई दिइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij