Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

पशुपतिनगरबाट साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

पशुपतिनगरबाट साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

इलाम  :  सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को मङ्सिर  ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको  विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।

सो अवधिमा गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा  गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ , जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमध्ये  १ सय ७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो  स्याउ , २० कार्टुन मदिराजन्य पदार्थ , जुत्ता चप्पल , ५ सय ७० किलो फर्सीको बियाँ  लगायतका सामान तथा चौपाया रहेका छन् । 

उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलिले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ । 

मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट  काम गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पशुपतिनगरका  गुलमपती पनि हुन् । उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij