नवलपरासी : नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।
गएराति लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आईरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी बस्ने ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीलाई नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। केही उपचारपछि घर फकिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij