Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्धको रिटमा आज पेशी

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्धको रिटमा आज पेशी

काठमाडौंः लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिटमा आजलाई पेसी तोकिएको छ। उनको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्चमा रिट दायर गरेको थियो।

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामा प्रश्न उठाउँदै अभियानले रिट दर्ता गरेको थियोे।

अभियानले पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुका साथै पटक–पटक खबरदारी गर्दै आएको थियो। नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानूनी प्रक्रियाको सुनिश्चितताका लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको अभियानले जनाएको छ।

सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर भएको रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो। रिटमा आनि छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ बमोजिमको योग्यता नपुगेको दाबी गरिएको छ।

मन्त्रिपरिषद्ले गत असोज ३० गते आनि छोइङ डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो भने उनले मंसिर २ मा पदबहाली गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij