मेष : आजको दिन उत्साहजनक रहनेछ । रोकिएका कामले गति लिनेछन् । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक पक्षमा सुधार आउने संकेत छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
वृष : आज नयाँ कामको थालनी गर्न अनुकूल समय छ । व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना छ । साथीभाइ तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सचेत रहनुहोला ।
मिथुन : आज काममा केही चुनौती आउन सक्छन् । धैर्य र मेहनतले परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ । बोली र व्यवहारमा संयम अपनाउनुहोला । पारिवारिक साथले मनोबल बढाउनेछ ।
कर्कट : आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । रोकिएका काम अघि बढ्नेछन् । प्रेम तथा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ । स्वास्थ्यमा सुधार आउने संकेत छ ।
सिंह : आज आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । कार्यक्षेत्रमा प्रशंसा र सम्मान प्राप्त हुन सक्छ । आर्थिक लाभका नयाँ सम्भावना देखिनेछन् । महत्वपूर्ण निर्णय गर्दा भने हतार नगर्नुहोला ।
कन्या : आज अध्ययन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना बनाउन र काम अघि बढाउन अनुकूल समय छ । यात्राको अवसर मिल्न सक्छ । आफन्तसँगको सम्बन्ध थप सुमधुर बन्नेछ ।
तुला : आजको दिन केही व्यस्त रहन सक्छ । जिम्मेवारी पूरा गर्न मेहनत गर्नुपर्नेछ । व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला ।
वृश्चिक : आज नयाँ काम तथा योजनामा सफलता मिल्ने सम्भावना छ । साझेदारीका कामबाट फाइदा पुग्न सक्छ । सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ । प्रेम सम्बन्धमा समझदारी कायम हुनेछ ।
धनु : आज भाग्यले साथ दिनेछ । रोकिएका काम पूरा हुनेछन् । वैदेशिक क्षेत्र तथा यात्रासम्बन्धी काममा सकारात्मक परिणाम आउन सक्छ । आम्दानीका नयाँ स्रोत पहिचान हुनेछन् । पारिवारिक वातावरण सुखद रहनेछ ।
मकर : आज मेहनतअनुसारको परिणाम प्राप्त हुनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ । आर्थिक पक्ष सबल बन्ने संकेत छ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । अनावश्यक विवादबाट टाढा रहनुहोला ।
कुम्भ : आज सिर्जनात्मक तथा नयाँ काममा रुचि बढ्नेछ । व्यावसायिक क्षेत्रमा प्रगति हुने सम्भावना छ । साथीभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ ।
मीन : आजको दिन सकारात्मक रहनेछ । मनमा रहेका योजना पूरा गर्ने अवसर मिल्न सक्छ । अध्ययन, रोजगारी तथा व्यवसायमा प्रगति हुनेछ । आफन्तसँगको सम्बन्ध प्रगाढ बन्नेछ । आत्मविश्वास र उत्साह बढ्नेछ ।