धादिङ : २५औँ जनमुक्ति सेना दिवस तथा जनक्रान्तिका सहिद–वेपत्ता परिवार समाजद्वारा आयोजित सहिद–वेपत्ता परिवार सम्मान भेला कार्यक्रम धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटारमा सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा जनक्रान्तिका क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो ।
निर्वाचन आयोगका प्रमुख तथा चीनका पूर्वराजदूत विष्णुपुकार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता रामबहादुर भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल, केन्द्रीय सदस्य तथा उपत्यका प्रदेश सहइन्चार्ज मोहन कार्की, केन्द्रीय सदस्य जगतबहादुर सिंखडा र केन्द्रीय सदस्य तथा धादिङ सहइन्चार्ज विजय बुर्लाकोटीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले गर्नुभएको थियो ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारको योगदानको स्मरण गर्दै उनीहरूको त्याग र बलिदानको सम्मान गरिएको आयोजकले जनाएको छ ।