Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

आज देशभर मौसम मुख्यतया सफा रहने, बुधबार हिमाली क्षेत्रमा बादल लाग्ने

आज देशभर मौसम मुख्यतया सफा रहने, बुधबार हिमाली क्षेत्रमा बादल लाग्ने

काठमाडौँ  :  हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। 


बुधबार देशको हिमाली क्षेत्रमा साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij