सिरहा : सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले दिलीप कुमार मण्डलको भान्सा कोठामा खानतलासी गर्दा चुरोटको बट्टाभित्र लुकाइराखेको अवस्थामा ५७ वटा प्लास्टिकका पुडियामा राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो । प्रहरीले मण्डलको साथबाट नेपाली नगद ५ हजार ९ सय रुपैयाँ र एक थान टचस्क्रिन मोबाइलसमेत बरामद गरेको छ । जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा टोल निवासी २७ वर्षीय छोरा दिलीप कुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति करिब ८:२० बजे डन्डा टोल नजिकै ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट संयुक्त प्रहरी टोली खटिएर गएको र मण्डलको भान्सा कोठामा खानतलासी गर्दा चुरोटको बट्टाभित्र लुकाइराखेको अवस्थामा ५७ वटा प्लास्टिकका पुडियामा राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो।
बरामद पदार्थ प्लास्टिकसहित तौल गर्दा ९.३६ ग्राम र प्लास्टिक हटाउँदा ३.३६ ग्राम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले मण्डलको साथबाट नेपाली नगद ५ हजार ९ सय रुपैयाँ र एक थान टचस्क्रिन मोबाइलसमेत बरामद गरेको छ । बरामद सामग्रीसहित मण्डललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij