Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार कैदी एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार कैदी एक वर्षपछि पक्राउ

चितवन :  जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका माडी नगरपालिका–१ निवासी २९ वर्षीय गिराज प्रजा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।जिल्ला अदालतको आदेशअनुसार प्रजा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी चितवन कारागारबाट फरार भएका थिए । फरार भएको करिब एक वर्षपछि पक्राउ परेका प्रजालाई पुनः जिल्ला कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij