Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

रत्ननगरमा तीनदिने चित्रसारी मेला सुरु, ४ सय स्टल रहने

रत्ननगरमा तीनदिने चित्रसारी मेला सुरु, ४ सय स्टल रहने

चितवन :  रत्ननगर नगरपालिका–८ मा आजदेखि चित्रसारी मेला सुरु भएको छ। हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको उक्त मेला तीन दिनसम्म सञ्चालन हुने आयोजक चित्रसेन बाबा मन्दिर संरक्षण समितिले जनाएको छ।

मन्दिर संरक्षण समितिको अगुवाइमा आयोजना हुँदै आएको मेलामा ४ सयवटा स्टल रहने समितिका अध्यक्ष आशाराम महतोले जानकारी दिए।

चित्रसारी मेलालाई चितवनकै सबैभन्दा पुरानो र ऐतिहासिक मेलाका रूपमा लिने गरिन्छ। हरिबोधनी एकादशीका दिन व्रत बसेका महिलाहरू चित्रसेन बाबा मन्दिरमा पूजा गर्न आउने र भक्तजनहरू मेलामा रमाउने परम्परा छ।

व्रत बसेका महिलाहरूले मेलामा पाइने फलफूल, उखु, सखरखण्डलगायतका सामग्री किनेर घर लैजाने चलन छ। मेलामा उखु, सुन्तला, सखरखण्ड र बदाम विशेष रूपमा खाने प्रचलनसमेत रहेको छ।

मेलामा व्यावसायिक खेल तथा रेस्टुरेन्टका स्टलहरू पनि रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट