काठमाडाैँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेटवार्ता भएकाे छ।मंगलबार मन्त्रालयमा भएकाे भेटका क्रममा मन्त्री श्रेष्ठले नवनियुक्त राजदूतलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।सो अवसरमा नेपाल–भारतबिचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, ऊर्जा तथा जलस्रोत क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने, जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार तथा सीमापार विद्युत् व्यापारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएकाे थियाे।
साथै, दुई देशबिच साझा हितका क्षेत्रमा सहकार्य र समन्वयलाई निरन्तरता दिँदै पारस्परिक लाभका आयोजनाहरूलाई अघि बढाउने विषयमा समेत छलफल भएकाे थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij