Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

मौसम : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट