Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई प्रस्थान

काठमाडौं : विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका तीन अधिकारी आइतबार दुबई प्रस्थान गरेका छन् ।नोभेम्बर १६ देखि १८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलको नेतृत्वमा तीन सदस्यीय टोली त्यसतर्फ गएको हो ।

नेपाल प्रहरीका सहप्रवक्ता एवं एसएसपी दीपशमशेर जबराले कँडेलसहित तीन प्रहरी अधिकारी सम्मेलनमा सहभागी हुन दुबई गएको जानकारी दिए । टोलीमा एक प्रहरी नायब उपरीक्षक (डीएसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पनि छन् ।यसअघि सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरेका थिए । त्यतिबेला उनीसँग प्रहरी अधिकारी सहभागी थिएनन् ।अहिले भने तीन प्रहरी अधिकारीलाई पनि सम्मेलनमा सहभागी हुन पठाइएको हो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट