Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता दिने प्रक्रिया सहज

विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता दिने प्रक्रिया सहज

काठमाडौं : विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता प्राप्त गर्ने प्रक्रिया सहज बनेको छ ।सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को पाँचौँ संशोधन गर्दै नागरिकता लिन आवश्यक स्वघोषणाको ढाँचा सार्वजनिक गरेको हो ।

संशोधित नियमावलीअनुसार सम्बन्धित व्यक्ति र उनकी आमाले आफूले पूरा गर्नुपर्ने सर्तसहित छुट्टाछुट्टै स्वघोषणा गर्नुपर्नेछ । त्यसमा नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यहोरा खुलाउनुपर्नेछ ।यसअघि नागरिकता ऐनमा व्यवस्था भए पनि स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट थिएन । नयाँ संशोधनले उक्त प्रक्रिया स्पष्ट बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट