Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

क्रिटिकल केयर नर्सेस एसोसिएसनको कमान्ड बरुणा पौडेललाई, नयाँ समितिद्वारा जिम्मेवारी ग्रहण

क्रिटिकल केयर नर्सेस एसोसिएसनको कमान्ड बरुणा पौडेललाई, नयाँ समितिद्वारा जिम्मेवारी ग्रहण

काठमाण्डौं : क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपाल (सीसीएनएएन) को अध्यक्षमा बरुणा पौडेल निर्वाचित हुनुभएको छ। पौडेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रभा गौतम, महासचिवमा समिना अमात्य, सहसचिवमा मेनुका कार्की, कोषाध्यक्षमा गायत्री पौडेल र सहकोषाध्यक्षमा निशा भण्डारी निर्वाचित हुनुभएको हो।त्यस्तै, कार्यसमिति सदस्यमा रोशनी श्रेष्ठ, सबिता कार्की, एलिसा गुभाजु र बिना भट्टराई निर्वाचित हुनुभएको छ। दुई महिनाअघि सम्पन्न निर्वाचनबाट चयन भएको ११ सदस्यीय नयाँ कार्यसमितिलाई शुक्रबार औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

एसोसिएसनमा हाल करिब चार सय सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो।क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालले सघन उपचार सेवामा कार्यरत नर्सहरूको व्यावसायिक विकास, दक्षता अभिवृद्धि तथा पेसागत हकहितका लागि काम गर्दै आएको छ। नयाँ कार्यसमितिका सामु क्रिटिकल केयर नर्सहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने, तालिम तथा शैक्षिक अवसर विस्तार गर्ने र नर्सहरूबीच सहकार्य तथा अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने जिम्मेवारी रहेको छ।

त्यस्तै, सघन उपचार सेवाको गुणस्तर सुधार गर्दै गम्भीर अवस्थाका बिरामीलाई सुरक्षित, गुणस्तरीय र मानवीय सेवा उपलब्ध गराउन क्रिटिकल केयर नर्सहरूको भूमिका प्रभावकारी बनाउने चुनौतीसमेत नयाँ नेतृत्वसामु रहेको छ।नवनिर्वाचित अध्यक्ष पौडेलले क्रिटिकल केयर क्षेत्रमा आबद्ध नर्सहरूको पेसागत सुरक्षा, दक्षता तथा सीप अभिवृद्धिका लागि थप जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट