गोरखा : गत असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले उत्तरी गोरखामा आवतजावतका लागि रहेका मोटरेबल पुलसहित चारवटा झोलुङ्गे पुल बगाएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ ।पुलहरू बगाएपछि खोर्लाबेशीबाट केरौजा बेंसीतर्फ श*व लैजानसमेत स्थानीयले तुइनको सहारा लिनुपर्ने बाध्यता आएको छ ।सामान्य अवस्थामा नदी वारपार गर्न प्रयोग हुने पुलसमेत बाढीले बगाएपछि अहिले स्थानीयले दैनिक आवतजावतदेखि बिरामी ओसारपसार र मृतकको श* व लैजानसमेत जोखिमपूर्ण विकल्प अपनाउनुपरेको छ ।
खोर्लाबेशी–केरौजा बेंसी क्षेत्रको यो दृश्यले बाढीपछि उत्तरी गोरखाका बासिन्दाले भोगिरहेको कठिनाइ र पूर्वाधारको अभावलाई उजागर गरेको छ ।
बाढीले भौतिक संरचना मात्रै होइन, स्थानीयको सहज जीवनयापनसमेत प्रभावित बनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij