Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन : रास्वपा महामन्त्री आचार्य

प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन : रास्वपा महामन्त्री आचार्य

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबिच कुनै मतभेद नरहेको बताएका छन् । आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री आचार्यले पार्टी र सरकार एउटै ‘फेज’ मा अगाडि बढिरहेको स्पष्ट पारेका हुन् ।

सञ्चारकर्मीसँग बोल्दै आचार्यले सभापति र प्रधानमन्त्रीको विषयमा साझा सुझाव आएको उल्लेख गर्दै प्रधानमन्त्री र सभापतिबीच हिजो पनि मतभेद नरहेको र आज पनि नरहेको बताए । उनले तथ्यमा टेकेर सांसदहरूले राखेका विषयमा समेत कुनै मतभेद नरहेको जानकारी दिए ।सरकार रास्वपाकै भएको बताउँदै महामन्त्री आचार्यले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउने विषय स्वाभाविक भएको धारणा राखे । उनले भने, ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ ।’महामन्त्री आचार्यले पार्टीभित्र आन्तरिक विवाद हिजो पनि नरहेको र आज पनि नरहेको दोहोर्‍याउँदै पार्टी र सरकार एउटै लय र चरणमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट