जनकपुरधाम : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन्।प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो।
त्यसैगरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij