Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

छठको अनुगमन गर्न मधेश झरे ऋषि धमला, भन्सार छुटको माग गर्दै वीरगञ्ज निरीक्षण

छठको अनुगमन गर्न मधेश झरे ऋषि धमला, भन्सार छुटको माग गर्दै वीरगञ्ज निरीक्षण

वीरगञ्ज : छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने भन्दै स्वतन्त्र नागरिक अभियान नेपालको ब्यानर बोकेर ऋषि धमला मधेश झरेका छन् । मधेश केन्द्रित अभियान गर्ने भन्दै हिँडेका धमलाले छठका पूजा सामग्रीमा भन्सार छुट दिन माग गरेका छन् ।अब आफू मधेश केन्द्रित अभियानमा लाग्ने भन्दै धमलाले  वीरगञ्जस्थित श्रीसिया नदीको किनारमा अनुगमन गरेका छन्।छठ पर्वको तयारी, नदी किनारको व्यवस्थापन, श्रद्धालु भक्तजनको सुरक्षा तथा पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा जानकारी लिन धमलाले स्थलगत अनुगमन गरेको बताएका छन् ।

धमलाले केही समयअघि तत्कालीन गृहमन्त्री सुधन गुरुङले समेत अनुगमन गरेको वीरगञ्जस्थित मुख्य भन्सार तथा सानो भन्सार क्षेत्रको पनि निरीक्षण गरेका छन्।छठ पर्वका लागि आवश्यक पूजा सामग्री तथा अन्य वस्तु सहज रूपमा भित्र्याउन सकिने व्यवस्थाबारे चासो राख्दै उनले भन्सार क्षेत्रमा सहजीकरणको विषय उठाएका हुन्।उनले छठ पर्वमा प्रयोग हुने आवश्यक सामग्री निःशुल्क ल्याउन पाउने व्यवस्था गर्नुपर्ने तथा १० हजार रुपैयाँभन्दा कम मूल्यका सामग्रीमा समेत भन्सार छुट उपलब्ध गराउनुपर्ने धारणा राख्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट