सिरहा : आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ। छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन्।
सिरहाको गोलबजारसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा किसानहरूले सडक किनारमै उखु राखेर बिक्री गरिरहेका छन्। छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्त्व रहेको छ।
पर्व नजिकिएसँगै किसानहरूले खेतबाट उखु काटेर बजारमा बिक्रीका लागि ल्याउन थालेका छन्। गोलबजारमा प्रतिघरी २५ रुपैयाँका दरले उखु बिक्री भइरहेको स्थानीय किसान ओमकुमार महतोले बताए।
छठपर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेसँगै स्थानीय किसानहरूलाई आफ्नो कृषि उत्पादन बिक्री गरी आम्दानी गर्ने अवसरसमेत प्रदान गरेको छ। पर्वको रौनकसँगै बजारमा उखु किन्ने उपभोक्ताहरूको चहलपहल पनि बढ्दै गएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij