Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

भीमफेदी दुर्घटनाका पीडितलाई पाँच लाख क्षतिपूर्ति दिन सांसद यादवको माग

भीमफेदी दुर्घटनाका पीडितलाई पाँच लाख क्षतिपूर्ति दिन सांसद यादवको माग

जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले हेटौंडाको भीमफेदीमा भएको सवारी दुर्घटनाका पीडित परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउन माग गरेका छन् ।शुक्रबार मधेश प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, उक्त रकम अपुग हुने भन्दै सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद यादवले प्रदेशसभाको शून्य समयमा बोल्दै राहत रकम बढाउन माग गरेका हुन् ।

गत कात्तिक २६ गते काठमाडौं‌बाट सर्लाहीको चक्रघट्टा नगरपालिका–सुन्दरपुर छठ मनाउन आउने क्रममा हेटौंडाको भीमफेदी गाउँपालिका–६ चिसापानीमा विद्युतीय हाइस दुर्घटना भएको थियो । दुर्घटनामा २० जना घाइते भएका थिए भने १४ जनाको मृत्यु भएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था अझै गम्भीर रहेको छ ।दुर्घटनाका कारण तीन बालबालिकाले अभिभावक गुमाएको उल्लेख गर्दै सांसद यादवले उनीहरूको सम्पूर्ण अभिभावकीय जिम्मेवारी राज्यले लिनुपर्ने मागसमेत गरेका छन् ।

उनले नेपाल सरकारबाट १० लाख रुपैयाँ र मधेश प्रदेश सरकारबाट थप चार लाख रुपैयाँ गरी पीडित परिवारलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।साथै, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिमाथि कडाइ गर्न र नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट