Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र विद्यमान राजनीतिक परिस्थितिको निकास खोज्न आफूले राजीनामा दिने निर्णय गरेको उनले बताए ।


प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न र सरकार गठनको प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ थियो । मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबिच नयाँ सत्ता समीकरणको सहमति यस अघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट