काठमाडौं : भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । आगलागीको यकिन कारण पुष्टि नभएपनि प्रारम्भिक अनुमान अनुसार विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने भक्तपुर प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएसँगै स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दमकलको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। सुरक्षाकर्मी र दमकलको संयुक्त प्रयासबाट आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट कम्प्लेक्सको पाँचौँ तलामा रहेका भौतिक संरचना र सामग्रीहरूमा क्षति पुगेको भए पनि मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij