Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

गत कार्तिक १४ गते  प्रशासनले साविक १२ बजेसम्म खुलिरहेका होटल, रेष्टुरेन्ट, गजल रेष्टुरेन्ट, स्पालगायतलाई  १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था लागू गरेको थियो । स्थानीय प्रशासनको उक्त निर्णयको मोरङका होटल व्यवसायीले विरोध गरेका थिए ।  उक्त  निर्णयसँगै जिल्ला प्रशासन कार्यालय मोरङले  रात्रिकालिन होटल व्यवसायका लागि एक महिनाभित्रमा मापदण्ड तयार गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले कार्यविधी तयार पारेपछि त्यसमा केहि परिमार्जन गर्दै शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नयाँ मापदण्ड स्वीकृत गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट