काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को खुलेर विरोध गर्ने तर भित्रभित्रै उनकै टोलीसँग भेटघाट गर्ने राजनीतिक पात्रहरूको दोहोरो चरित्रमाथि व्यङ्ग्य कसेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बास्कोटाले बालेनलाई पदबाट हटाउने अभिव्यक्ति दिँदै हिँड्नेहरू नै साँझपख उनको सम्पर्कमा पुग्ने गरेको भन्दै व्यङ्ग्य प्रहार गरेका हुन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेनलाई ढाल्ने घोषणा गर्दै हिँड्नेहरू साँझको आरतीपछि ज्वागल धाउने गरेको सुनेर आफू आश्चर्यमा परेको उल्लेख गरेका छन् । नेता बास्कोटाले लेखेका छन्, ‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ने नै हो भनेर घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन्।’
सार्वजनिक रूपमा चर्को विरोध गर्ने र गोप्य रूपमा भेटघाट गर्ने त्यस्ता व्यक्तिहरूको नियतमाथि प्रश्न उठाउँदै उनले अगाडि लेखेका छन्, ‘डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन् कि जासुस ? सुनेर छक्क परियो।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij