Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

चीन जाँदै रास्वपाको उच्चस्तरीय टोली, रवि लामिछानेसँग लियो सल्लाह

चीन जाँदै रास्वपाको उच्चस्तरीय टोली, रवि लामिछानेसँग लियो सल्लाह

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ।

चीन भ्रमणका क्रममा तय हुने कार्यक्रम तथा आवश्यक विषयमा सल्लाह गर्न प्रतिनिधिमण्डलले शनिबार सभापति लामिछानेसँग भेट गरेको हो। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले यसअघि शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गरेको थियो।

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट