Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

आज शनिबार,यस्तो छ तपाइको राशिफल

आज शनिबार,यस्तो छ तपाइको राशिफल


मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुको साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथ र सहयोगले नयाँ उत्साह जगाउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

पछिका लागि लगानीको अवसर जुट्नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूमा जस लिने अवसर प्राप्त हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

सामाजिक समस्या सुल्झ्याउने जिम्मेवारी आउनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिन सक्ला। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ नमिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कार्यको अवसर मिल्दा पनि भनेजस्तो लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफ्नो मेहनतको फल अरुले लिन सक्छन्। विशिष्ट व्यक्तिहरूको साथ र सहयोग लिएर मात्र व्यापार व्यवसायमा निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचबिचार गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

इष्टमित्रहरूको साथमा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा विनम्रताको परिचय दिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

घरपरिवारको सहयोगबाट बिग्रिरहेको कार्य बन्नेछ। यात्राबाट लाभ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। शिक्षकहरूलाई शिक्षाको क्षेत्रमा पदोन्नति हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कार्यक्षेत्रमा धैर्यले काम लिनुहोला। कर्जा आदिको लेनदेनबाट तनाव बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस। खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा

घरेलु मामलाहरूमा तेस्रो पक्षको दखलले कुरा बिग्रिनेछ। व्यापार व्यवसायमा लाभ वा कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

वित्तीय मामलाहरू गम्भीरताले सुल्झाउनुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गबाट सहयोग पाइएला। आलस्यले गर्दा लाभकारी योजनाहरू गुम्ने सम्भावना रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट